ताजा अपडेट
कर्मचारी विवरण
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने ११ वटा जिल्ला मध्येको एक जिल्ला हो । नेपालको संविधान (२०७२) मा साविकको नवलपरासी जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नामाकरण भै छुट्टा छुट्टै जिल्लाको रुपमा अनुसूचीमा उल्लेख भए बमोजिम भएको छ । पूर्वमा चितवन जिल्ला, पश्चिममा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला, उत्तरमा पाल्पा र तनहुँ जिल्ला, दक्षिणमा चितवन र भारतको विहार प्रदेशले यस जिल्लालाई सिमाङ्कन गरेको छ । १,३३१.१६ वर्ग कि.मी. क्षेत्रफल रहेको यस जिल्लाको भारतसँग जोडिएको सीमाको लम्वाई ३ कि.मी. रहेको छ जहाँ नारायणी नदि पर्दछ । भित्री मधेश अन्तर्गत पर्ने यस जिल्लाको सबै भन्दा अग्लो भू-भाग समुन्द्री सतहबाट १९३६ मिटर (देवचुली) पर्दछ । नेपालको केन्द्र भागमा रहेको, उद्योग तथा वाणिज्य क्षेत्रका लागि प्रचुर सम्भावना भएको यस जिल्लामा बसोबास गर्ने जनसंख्या ३११६०४ मध्ये महिला १६८८२५ पूरुष १४२७७९ । शहरी क्षेत्रको जनसंख्या ७०.१४% ग्रामिण क्षेत्रको ग्रामिण क्षेत्रको जनसंख्या २९.८६% र जनघनत्व २३४.०८ प्रति वर्ग कि.मि. (२०६८ सालको जनगणना अनुसार) रहेको छ । बाँकी थप…
Copyright © 2026 Tourism and Industry Office, Nawalpur | Design & Developed By: EasySoftnepal